१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

एक्साभेटरको बकेटले हानेर सर्लाहीमा वडाध्यक्षको हत्या



सर्लाही । सर्लाहीको ईश्वरपुरमा एक्साभेटरको बकेटले हानेर एक जना वडाअध्यक्षको हत्या भएको छ ।

ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुरका वडाअध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या गरिएको हो ।

आफ्नै वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्न पुगेको बखत एक्साभेटरका चालकसँग विवाद भएपछि चालकले बकेटले श्रेष्ठलाई हानेका थिए ।

पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेका थिए । तर, त्यही एकआपसमा भनाभन र विवाद उत्पन्न भएपछि घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताएका छन् । खाजा खाँदाखाँदै विवाद बढ्दा वडाअध्यक्षले एक्साभेटर चालकलाई चप्पलले हानेपछि उनले जेसीको बकेटले टाउको र छातीमा प्रहार गरेको कुँवरले जनाए ।

हत्यापछि ठकेदार र चालक मिलेर राति नै शव गाडेका थिए । श्रेष्ठ वेपत्ता भएपछि राति नै खोजी गर्दा गाडेको अवस्थामा भेटिएको थियो । शव भेटिएपछि ठकेदार र चालकलाई शनिबार बिहान पक्राउ गरिएको छ ।

पोखरी सौन्दर्यीकरणको काम नगरपालिकाको खर्चबाट भैरहेको छ । यद्यपी पोखरीको विषयमा भने विवाद नभएको नगरपालिकाले जनाएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ११ : ३६ बजे

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको