१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ ।

नेकपा एमालेले विधान महाधिवेशनको गृहकार्य अघि बढाएको छ । दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको एमालेले जनाएको छ ।

बैठकमा दशौं महाधिवेशनअघि नै गर्नेगरी विधान महाधिवेशनको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ३० बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई