६ बैशाख २०८१, बिहिबार | April 18, 2024

उपत्यकाका तीन सीडीओहरुको बैठक सकियो, सार्वजनिक यातायात सञ्चालनबारे छलफल



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)हरुको बैठक सकिएको छ । तर निषेधाज्ञाबारे निर्णय भोलि मात्रै गरिने भएको छ ।

आज बसेको बैठकले मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल गरेपनि त्यसबारे थप भोलि निर्णय गरिने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले सार्वजनिक यातायात सञ्चालनको सन्दर्भमा प्रस्ताव आएपनि त्यसबारे आपसी छलफल गरेर मात्रै थप निर्णय गरिने बताए ।

संक्रमण दरको अवस्था पनि विश्लेषण गरिरहेको प्रजिअ पराजुलीले बताए । जनस्वास्थ्य कार्यालयको रिपोर्टअनुसार अहिले काठमाडौंको संक्रमणदर १२/१३ प्रतिशत रहेको उनको भनाई छ ।

“आजको बैठकले निषेधाज्ञा थप गर्नेबारे अनौपचारिक निर्णय गरेको छ तर कति समय थप गर्ने भन्ने विषयमा भोलि मात्रै निर्णय हुनेछ ।” उनले भने- “सार्वजनिक यातायात सञ्चालनको सवालमा प्रस्ताव भने आएको छ तर त्यसबारे भोलि आपसी छलफल गरेर मात्रै निर्णय गरिनेछ ।”

आज बसेको ललितपुरको डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव तीनै जिल्लाको बैठकमा लैजाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : २९ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच