काठमाडौं । काठमाडौं उपत्यकामा भोलि मंगलबारदेखि सार्वजनिक सवारी साधन संचालन हुनेभएका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बिहान बसेको बैठकले उपत्यकामा जारी जारी निषेधाज्ञालाइ थप खुकुलो बनाउँदै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेका हुन् ।
अब भोलिदेखि उपत्यकामा २५ सिट क्षमताभन्दा माथिका बस जोर विजोर प्रणालीका आधारमा चल्न पाउनेछन् ।
जोर दिनमा अन्तिम नम्बर जोर भएका बस चल्न पाउनेछन् भने बिजोर दिनमा अन्तिम नम्बर बिजोर भएका बस चल्नेछन् । यसरी बस चलाउँदा चालक र सहचालकले अनिवार्य मास्क लगाएको हुनुपर्नेछ । मास्क लगाएको यात्रुलाई मात्र बसमा चढाउनुपर्नेछ ।
यसैगरी बसमा सेनिटाइजर राखेर चात्रुलाई हात सेनटिाइज गर्न लगाउनुपर्नेछ । यस्तै, सिटमा यात्रुको बीचमा भौतिक दूरी पनि कायम राख्नुपर्ने मापदण्ड बनाइएको छ ।
यसअघि गता साता निजी सवारी साधानमा जोर बिजोरका आधारमा संचालन अनुमति दिइएको थियो । हाल जारी निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ। तर, खुकुलो बनाइए पनि निषेधाज्ञा भने अझै पनि थपिने भएको छ।
[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/ktm-adesh.pdf”]
प्रतिक्रिया