१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जुवा अड्डा संचालक सहित ६ जुवाडे पक्राउ



महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जिल्लाको कृष्णपुर नगरपालिका ४ मौवाफाँटबाट एकजना जुवा अड्डा संचालक सहित ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

आज साँझ ५ बजे प्रहरीले मौवाफाँट स्थित स्थानिय तेजबहादुर साउदको खुद्रा पसलमा छापा मार्दा जुवा खेलिरहेका ६ नाम सहित ३ गड्डी तास र ६५ हजार ५ सय नगद बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा जुवा खेलाउने साउद सहित कृष्णपुर ४ मौवाफाटका कमलेश कार्की, गगन कार्की, प्रकाश ऐर, बिष्णु भट्ट र खगेन्द्र बोहरा रहेका छन् ।

गोप्य सुचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी तथा कञ्चनपुर प्रहरीको टोलीले जुवा अड्डामा छापामारेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक लालबहादुर बमले बताए । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ११ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।