१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मनसुनका २१ दिन : ३३ जनाको मृत्यु, ३० जना बेपत्ता



काठमाडौं । मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो ।

गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न घटनामा परेर बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् ।

मनसुनको समयमा पहाडका जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी तथा डुबान र कटानको समस्या देखिँदै आएको छ । सरकारले तराई र पहाडका जिल्लामा बाढीको पूर्वानुमान गर्न सकिने गरी क्षति घटाउन प्रयत्न गर्दै आए पनि कतिपय स्थानमा पूर्वानुमान नै गर्नै मुस्किल पर्दै आइरहेको छ । सरकारले यसैवर्षदेखि पहिरोको पूर्वानुमान गर्न सकिनेगरी पहाडका नौ जिल्लामा प्रविधि जडान गरेको छ ।

यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा पाँच जनाले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएका छन् भने डोटीमा चार जनाको ज्यान गएको छ । यस्तै, रोल्पामा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने प्युठानमा पहिरो, रौतहटमा बाढी, तनहुँ र चितवनमा पहिरोका घटनामा परेर दुईरदुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक/एक जनाको ज्यान गएको छ । यस्तै, जुम्लामा हिम पहिरोमा परेर एक जनाको ज्यान गएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ४८ बजे

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक