११ चैत्र २०८२, बुधबार | March 25, 2026

रुपन्देहीमा थपियो असार ३१ सम्म निषेधाज्ञा



बुटवल । सार्वजानिक सवारी साधन संचालन गर्न पाउने निर्णय गर्दै रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजानिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्दै जारी निषधाज्ञालाई असार मसान्त सम्म थप गरेको हो ।

आजै बसेको डिसीएमसीको बैठकले ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।

सरकारले तोकेअनुसारको स्वास्थ्य मापदण्ड कायम गरेर थप गरिएको निषेधाज्ञामा सर्वाजनिक सवारी साधन संचालन गर्न पाईने छ भने अन्य निषेधाज्ञाका सबै सर्तहरु पूर्ववत कायम गरिएको छ । असार १५ गतेको बैठकले जिल्लामा सार्वजनिक सवारी साधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो भने निजी सवारी साधनलाई असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो ।

यस्तै माछा मासु तरकारी फलफुल दुग्धजन्य साम्रगीहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने छ भने अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ३७ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी