१८ माघ २०८२, आइतबार | February 1, 2026

रुपन्देहीमा थपियो असार ३१ सम्म निषेधाज्ञा



बुटवल । सार्वजानिक सवारी साधन संचालन गर्न पाउने निर्णय गर्दै रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजानिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्दै जारी निषधाज्ञालाई असार मसान्त सम्म थप गरेको हो ।

आजै बसेको डिसीएमसीको बैठकले ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।

सरकारले तोकेअनुसारको स्वास्थ्य मापदण्ड कायम गरेर थप गरिएको निषेधाज्ञामा सर्वाजनिक सवारी साधन संचालन गर्न पाईने छ भने अन्य निषेधाज्ञाका सबै सर्तहरु पूर्ववत कायम गरिएको छ । असार १५ गतेको बैठकले जिल्लामा सार्वजनिक सवारी साधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो भने निजी सवारी साधनलाई असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो ।

यस्तै माछा मासु तरकारी फलफुल दुग्धजन्य साम्रगीहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने छ भने अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ३७ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि