१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमाले कार्यदलको बैठक सकियो, आज पनि निस्केन निकास



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि सहमति नगरि सकिएको छ । आज बसेको बैठकमा पनि एकताका सम्बन्धमा कुनै सहमति निस्कन नसकेपछि भोली (बुधबार) बिहान ८ बजे फेरि बैठक बस्ने गरि टुँगिएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए ।

आजको बैठकमा पनि अनौपचारीक बैठकमा उठेका बिषयहरुमा छलफल भएको र विवादका बिषयमा कार्यदलका सदस्यहरुले खुलेर धारणा राख्ने काम भएको ती सदस्यले बताए ।

गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो । यहीँ बीचमा नेताहरूमाथि कारवाही प्रकृया सुरु भएपछि कार्यदल निश्कृय भएको थियो । तर गत आइतबार अध्यक्ष ओली र नेता भीम रावलबीचको भेटवार्तापछि कार्यदल व्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने सहमतिपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो ।

बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ५७ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना