२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

ओली-नेपालबीच कुरा नमिले पनि एमाले कार्यदलको बैठक बस्ने



काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ताले सहमति पहिल्याउन नसकेपनि एमाले एकताका लागि बनेको कार्यदलको बैठक भने निरन्तर बस्ने भएको छ । दुई नेता बीच सहमति कायम हुन नसकेको खबर सार्वजानिक भएपनि एमाले कार्यदलको बैठक आज पुनः बस्दै छ ।

कार्यदलको बैठक आज ११ बजे सिंहदरबार स्थित अर्थमन्त्रालयको कार्यकक्षमा बस्ने तय भएको छ ।

ओली र नेपाल बीच बुधबार भएको भेटवार्तामा ओलीले निसर्त सहयोग गर्न आग्रह गरेपछि नेता नेपाल प्याकेजमा सहमती भए सहमति हुने अन्यथा नहुने भन्दै बाहिरिएको स्रोतहरुले उल्लेख गरेका छन् ।

बुधबारको भेटवार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालन, केन्द्र र प्रदेश सरकार सञ्चालन, ०७५ जेठ २ मा फर्किने मोडालिटीलगायत विषयमा गम्भीर छलफल गर्नुपर्ने प्रस्ताव राखेपनि प्रधानमन्त्री ओलीले पार्टी र सरकार अप्ठेरोमा परेको भन्दै सहयोग गर्न भनेपछि सहमति हुन नसकेको नेपाल निकट स्रोतले जनाएको छ । भेटमा ओलीले छलफलको एजेण्डामा प्रवेश नै गर्न नचाहेको र एकोहोरो पार्टी र सरकार अप्ठेरोमा परेकाले सहयोग गर्न आग्रह मात्र गरेपछि नेता नेपाल उठेर हिँडेको स्रोतको दाबी छ । ‘पहिला एकताको प्रस्तावमा हस्ताक्षर गरौं बाँकी कुरा मिलाउँदै जाउँला।’ ओलीले नेपाल समक्ष प्रस्ताव गरेको नेपाललाई उदृढ गर्दै उक्त स्रोतले भने ।

नेता द्वयबीच सहमति बन्न नसकेपनि कार्यदलको बुधबार बिहानको बैठक भने सकारात्मक दिशामा अगाडि बढेको कार्यदलका सदस्यहरुले बताएका थिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : ०२ बजे

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले