२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

आफ्नो पार्टी खारेज गराउन खोज्नेहरु अवसरवादी, स्वार्थी, लालची, अनैतिक : माओवादी केन्द्र



काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी खारेज गराउन केही तत्व लागिपरेको भन्दै आपत्ति जनाएको छ ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले आज विज्ञप्ति प्रकाशित गर्दै पार्टीसँग कुनै सरोकारै नभएका अनैतिक लालची, अवसरवादी तत्वले पार्टी खारेजको माग गर्ने दुस्प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । ढकालले उनीहरुले दल दर्ता खारेज गर्ने कुनियत देखाएको भन्दै भन्दै त्यस्तो दुस्प्रचारप्रति आपत्ति जनाएका छन् ।

माओवादी दल परित्याग गरी एमालेको उच्च नेतृत्वमा पुगेका केही पूर्व माओवादी नेताहरुले सरोज बुढाथोकी नाम गरेका एक व्यक्तिमार्फत निर्वाचन आयोगमा माओवादी केन्द्र दर्ता खारेजीको माग गर्दै दुई दिन अघि निवेदन दिएका थिए ।

दल दर्ता खारेजीबारे प्रमुख निर्वाचन आयुक्रलाई सम्बोधन गरी निर्वाचन आयोगमा दर्ता गराएको भन्ने कुरा संचारमाध्यमबाट यस पार्टीमा जानकारी हुन आएकोमा ध्यानाकृष्ट भएको माओवादीले जनाएको छ । ‘माओवादीले पार्टीसँग कुनै पनि सरकोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

माओवादीले अनधिकृत व्यक्तिले दिएको निवेदन निर्वाचन आयोगले दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम र्सिजना भएको भन्दै आइन्दा त्यस्तो नगर्न समेत आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुस्प्रचार गरी पार्टीलाई बद्नाम गराउन सकिन्छ भन्ने मनासायले उक्त कार्य गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानून, विधि, विधान विपरित दुस्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।’

प्रभु साह, लिलबहादुर थापालगायतका एमाले नेताहरु शुक्रबारै निर्वाचन आयोग पुगेर आफुहरुले दायर गरेको निवेदन अघि बढाउन आयोगलाई दबाब दिएका छन् ।

 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : ५८ बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल