१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बाढी पहिरोको क्षतिबारे बुझ्न प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाढीले क्षतिग्रस्त पुर्याएको जिल्ला सिन्धुपाल्चोक जाँदैछन ।

सिन्धुपाल्चोकका मेलम्ची खानेपानी आयोजना लगायत विभिन्न बस्तीको प्रधानमन्त्री ओलीले आज निरीक्षण गर्न लागेका हुन ।

प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाका अनुसार आज बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नेछन ।

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पु(याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन ।

प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको विज्ञ थपलियाले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रका लागि विभिन्न राहत घोषणाको तयारी गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रधानमन्त्रीबाट शनिबार सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । मेलम्ची बजार र हेलम्बुको गणेश बगर भन्ने स्थानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता रहने उनको भनाइ छ ।

प्रजिअ पोखरेलका अनुसार कार्यक्रममा प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकतासँग अन्तक्रिया कार्यक्रमसमेत तय गरिएको छ । प्रधानमन्त्रीले सोही अवसरमा राहत र पुनर्निर्माण प्याकेजको घोषणा गर्ने कार्यक्रम तय भएको हो ।

त्यसैगरी सो अवसरमा जिल्ला विपत् व्यवस्थापन समितिले बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउने छन । यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति पु(याएको थियो ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : २८ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक