७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमालेको कार्यदल शनिबार पनि सहमतिमा पुग्न सकेन



काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि गठन भएको नेकपा एमालेको कार्यदल शनिबार पनि विवादित विषयमा सहमतिमा पुग्न सकेन ।

सिंहदरबारमा निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो बसेको बैठक केही समयमै सकिएको छ । शुक्रबार मिल्न बाँकी विषय अब नभएको र सहमतिको दस्तावेजको भाषा सम्पदानको मात्र काम बाँकी रहेको बताएका नेताहरुले आज बिहानैदेखि अनौपचारिक छलफल गरे पनि औपचारिक छलफलमा सहमति निकाल्न सकेनन् ।

आजको बैठकमा मिल्न बाँकी रहेका केही विषयमा छलफल भएको नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले बताए । विष्टले पार्टीमा रहेको समस्या र त्यसलाई समाधान गर्ने विषयमा छलफल भएको बताउँदै भोलिसम्म सहमतिमा पुग्ने विश्वास व्यक्त गरे । विष्टले भने, ‘भोलि सार्थक निस्कर्षमा पुग्छौं ।’

कार्यदलको बैठक बस्नुअघि नेपाल पक्षका कार्यदल सदस्यहरुले कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए ।

१० सदस्यीय कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यस्तै, नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई