१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमालेको कार्यदल शनिबार पनि सहमतिमा पुग्न सकेन



काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि गठन भएको नेकपा एमालेको कार्यदल शनिबार पनि विवादित विषयमा सहमतिमा पुग्न सकेन ।

सिंहदरबारमा निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो बसेको बैठक केही समयमै सकिएको छ । शुक्रबार मिल्न बाँकी विषय अब नभएको र सहमतिको दस्तावेजको भाषा सम्पदानको मात्र काम बाँकी रहेको बताएका नेताहरुले आज बिहानैदेखि अनौपचारिक छलफल गरे पनि औपचारिक छलफलमा सहमति निकाल्न सकेनन् ।

आजको बैठकमा मिल्न बाँकी रहेका केही विषयमा छलफल भएको नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले बताए । विष्टले पार्टीमा रहेको समस्या र त्यसलाई समाधान गर्ने विषयमा छलफल भएको बताउँदै भोलिसम्म सहमतिमा पुग्ने विश्वास व्यक्त गरे । विष्टले भने, ‘भोलि सार्थक निस्कर्षमा पुग्छौं ।’

कार्यदलको बैठक बस्नुअघि नेपाल पक्षका कार्यदल सदस्यहरुले कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए ।

१० सदस्यीय कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यस्तै, नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : ३५ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।