१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

भैरहवास्थित सुन्दर ग्लास हाउसमा आगलागी, करोडौंको क्षति



बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा भएको आगलागी  ८ घण्टामा नियन्त्रणमा आएको छ । शनिबार राती करिब ९ बजेदेखि आगो लागेको आगो बिहान साढे ३ बजे नियन्त्रणमा आएको थियो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहका दमकल, नवलपरासीको बर्दघाट नगरपालिका, नेपाल आयल निगम, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दमकल हित ८ वटा दमकर तथा प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो ।

प्लाइबोर्डको गोदाम समेत रहेको ग्लास हाउसमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट गोदाममा रहेको प्लाइबोर्ड सहित पसलका सबै सामान नष्ट भएको छ । २ तल्ले घरको माथिल्लो तल्लामा पसलधनीको परिवार बस्दै आएकोमा आगलागि भएको केहीबेरमै उनीहरुको सकुशल उद्दार गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । घरमा रहेको नगद गरगहना सहित कुनै पनि समान बचाउन नसकिएको पसलका संचालक सुन्दर अग्रहरीले बताएका छन् ।

जलेका सामान पन्छाउने काम जारी रहेकाले आगलागिबाट भएको क्षेतिको विवरण तयार नभएको डीएसपी थापाले बताए । कराेड बढीकाे क्षति भएकाे हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : १६ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक