३ पुस २०८२, बिहिबार | December 18, 2025

भैरहवास्थित सुन्दर ग्लास हाउसमा आगलागी, करोडौंको क्षति



बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा भएको आगलागी  ८ घण्टामा नियन्त्रणमा आएको छ । शनिबार राती करिब ९ बजेदेखि आगो लागेको आगो बिहान साढे ३ बजे नियन्त्रणमा आएको थियो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहका दमकल, नवलपरासीको बर्दघाट नगरपालिका, नेपाल आयल निगम, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दमकल हित ८ वटा दमकर तथा प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो ।

प्लाइबोर्डको गोदाम समेत रहेको ग्लास हाउसमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट गोदाममा रहेको प्लाइबोर्ड सहित पसलका सबै सामान नष्ट भएको छ । २ तल्ले घरको माथिल्लो तल्लामा पसलधनीको परिवार बस्दै आएकोमा आगलागि भएको केहीबेरमै उनीहरुको सकुशल उद्दार गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । घरमा रहेको नगद गरगहना सहित कुनै पनि समान बचाउन नसकिएको पसलका संचालक सुन्दर अग्रहरीले बताएका छन् ।

जलेका सामान पन्छाउने काम जारी रहेकाले आगलागिबाट भएको क्षेतिको विवरण तयार नभएको डीएसपी थापाले बताए । कराेड बढीकाे क्षति भएकाे हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : १६ बजे

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई