काठमाडौं । आज बिहानै ८ बजे एमाले विवाद समाधानको घोषणा गर्ने अठोट गरेको एमाले कार्यदलका नेताहरु झण्डै १३ घण्टा बैठकमा बसेर १० बुँदे प्रस्ताव मस्यौदा तयार गरेर उठेका छन् । १३ घण्टादेखि निरन्तर सिंहदरवारमा बसेका कार्यदलका सदस्यहरुले १० बुँदे प्रस्ताव मस्यौदा गरेको कार्यदलका एक सदस्यले बताए ।
शनिबार प्रस्ताव गरिएको मस्यौदामा वरिष्ठ नेता माधव नेपालले असहमति प्रकट गरेपछि आज दिन भरी बसेर सहमतिको बिन्दुहरु खोज्दै मस्यौदा तयार पारिएको बताईएकाे छ । आज हस्ताक्षर भएकाे सहमति पत्र कार्यदलस्तरको मात्रै भएकाे कार्यदलका सदस्यहरुले भोलि बिहान सहमतिपत्र अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाललाई बुझाउनेछन । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले हस्ताक्षर गरेपछि मात्र सहमति पत्रले मुर्त रुप लिनेछ ।
प्रतिक्रिया