२० माघ २०८२, मंगलबार | February 3, 2026

एमाले कार्यकर्ताले प्रधानन्यायाधीशको पुत्ला जलाए



काठमाडौं । नेपालमा पहिलो पटक सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पुत्ला जलेको छ । यस अघि सर्वोच्चबाट आएको फैसलाको विरोध जनाईएपनि पुत्ला नजलाईएकोमा एमालेको ओली समर्थक कार्यकर्ताहरुले राजधानी काठमाडौंमा प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर जबराको पुत्ला जलाएका छन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिए लगत्तै सडमा उत्रिएका ओली समर्थक कार्यकर्ताहरुले प्रधान न्यायाधिशको पुत्ला दहन गरेका हुन् । फैसला आए लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले मुख्यालयमा अदालतको फैसला स्विकार गर्ने अभिव्यक्ति दिँदै गर्दा नेता बस्नेत भने अदालतको आदेश मान्दैनौ भन्ने ब्यान बोकेको जुलुसको नेतृत्व गर्दै माइतिघर मण्डेला पुगेका थिए । उनले माइतीघर मण्डलामा उभिएर सर्वोच्च अदालतले गैरसंवैधानिक काम गरेको भन्दै अदालतको भत्र्सना समेत गर्दै थिए । आदेश आएलगत्तै सर्वोच्च नजिकै एमाले कार्यकर्ताले जबराको पुत्ला जलाउने प्रयास गरेपनि प्रहरीले रोको थियो ।

साँझ बानेश्वरमा भेला भएका कार्यकर्ताले भने जबराको पुत्ला जलाएका हुन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : ३८ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि