२१ मंसिर २०८२, आइतबार | December 7, 2025

विपक्षी गठबन्धन बैठक : सहकार्यबाटै सरकार



काठमाडौं । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश दिएपछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विपक्षी दल आबद्ध गठबन्धनको बैठकले सर्वोच्चको फैसलालाई स्वागत गर्दै सबैसँगको सहकार्यबाट नै सरकार गठन गर्ने निर्णय गरेको जानकारी दिए । ‘बैठकले फैसलाको स्वागत गर्दै सबै दलसँगको सहकार्यबाट नै सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ, संविधान र लोकतन्त्रलाई सर्वोच्च अदालतले बचाएको छ, अब सबै मिलेर अघि बढ्नुपर्छ भन्ने निर्णय हो,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

पौडेलले संविधान, लोकतन्त्र र परिवर्तनका पक्षमा उभिने सबैलाई बैठकले धन्यवाद दिएकोसमेत जानकारी दिए । आज सानो मन्त्रिपरिषद् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा आज मंगलबार सानो आकारको मन्त्रिपरिषद् बन्नेछ । विपक्षी गठबन्धनमा आबद्ध दलहरूबीच सोमबार साँझ कोटेश्वरमा भएको छलफलको सहमतिअनुसार आज सानो आकारको मन्त्रिपरिषद् बन्ने भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पहिले सानो आकारको मन्त्रिपरिषद् बन्ने जानकारी दिए । ‘पहिले सानो आकारको मन्त्रिपरिषद् बन्छ, नेताहरू छलफलमा नै हुनुहुन्छ, मंगलबार बिहान फेरि बैठक बसेर मन्त्रिपरिषद्बारे टुंगो लगाउँछौं,’ नेता खाँणले भने ।

सर्वोच्च अदालतले दिएको साँझ ५ बजेको समयभित्र सपथ हुने विश्वास कांग्रेससहितका विपक्षी गठबन्धनको रहेको खाँणले बताए । ‘सर्वोच्चको फैसला र आदेशअनुसार नै शपथको कार्यक्रम आउला, ५ बजेभित्र शपथ गर्नू भन्ने सर्वोच्चको आदेश हो, राष्ट्रपति कार्यालयबाट सर्वोच्चको आदेशको पालना हुनेमा हामी ढुक्क छौं,’ नेता खाँणले शपथग्रहणबारेको जिज्ञासामा भने । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ५२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल