२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री बन्दै, साँझ ५ बजे सपथको तयारी



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन दलको नेतृत्व गर्दै आज प्रधानमन्त्री बन्दैछन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछिन् । सर्वोच्चले आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न हिजो परमादेश दिएको थियो ।

देउवाको सपथग्रहणका लागि राष्ट्रपति कार्यालयले तयारी सुरु गरेको छ । साँझ ५ बजे सपथग्रहण कार्यक्रम हुने भएको छ । गठबन्धनका सहयात्री दलहरुमध्ये माओवादी केन्द्र र आफ्नै दल नेपाली कांग्रेसको तर्फबाट एक दुई जनालाई मात्र समावेश गर्नेगरी देउवाले सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी साउन ७ गतेपछि मात्र सरकारमा सहभागी हुनेभएको छ भने एक सदस्य मात्र रहेको राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नबन्ने जनाएको छ ।

मन्त्रिपरिषद् गठनबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवासमा पुगेका छन् ।

२०७४ साल फागुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेपछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा पदबाट स्वतः हटेका थिए । साढे तीन वर्षपछि देउवा पुनः सिंहदरबारमा प्रधानमन्त्रीको कुर्चीमा पुगेका छन् । यसपटक पनि देउवाको मुख्य सारथी नेकपा माओवादी केन्द्र नै बनेको छ । त्यतिबेला प्रधानमन्त्री बन्दा पनि देउवालाई माओवादीले नै साथ दिएको थियो । तत्कालिन प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।

देउवा यसअघि चारपटकसम्म प्रधानमन्त्री बनिसकेका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार गरेकी थिइन ।

 

 

 

 

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : २० बजे

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ कार्यक्रम नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे

नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना