२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री बन्दै, साँझ ५ बजे सपथको तयारी



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन दलको नेतृत्व गर्दै आज प्रधानमन्त्री बन्दैछन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछिन् । सर्वोच्चले आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न हिजो परमादेश दिएको थियो ।

देउवाको सपथग्रहणका लागि राष्ट्रपति कार्यालयले तयारी सुरु गरेको छ । साँझ ५ बजे सपथग्रहण कार्यक्रम हुने भएको छ । गठबन्धनका सहयात्री दलहरुमध्ये माओवादी केन्द्र र आफ्नै दल नेपाली कांग्रेसको तर्फबाट एक दुई जनालाई मात्र समावेश गर्नेगरी देउवाले सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी साउन ७ गतेपछि मात्र सरकारमा सहभागी हुनेभएको छ भने एक सदस्य मात्र रहेको राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नबन्ने जनाएको छ ।

मन्त्रिपरिषद् गठनबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवासमा पुगेका छन् ।

२०७४ साल फागुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेपछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा पदबाट स्वतः हटेका थिए । साढे तीन वर्षपछि देउवा पुनः सिंहदरबारमा प्रधानमन्त्रीको कुर्चीमा पुगेका छन् । यसपटक पनि देउवाको मुख्य सारथी नेकपा माओवादी केन्द्र नै बनेको छ । त्यतिबेला प्रधानमन्त्री बन्दा पनि देउवालाई माओवादीले नै साथ दिएको थियो । तत्कालिन प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।

देउवा यसअघि चारपटकसम्म प्रधानमन्त्री बनिसकेका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार गरेकी थिइन ।

 

 

 

 

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : २० बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा