१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रुपन्देहीमा थपिए ३७ नयाँ कोरोना संक्रमित, बुटवलमा मात्र २५ जना थपिए



बुटवल । गत असार २७ गते संक्रमणको दर घटेर ९ पुगेको रुपन्देहीमा पछिल्लो २ दिनमा फेरि संक्रमणको दर बढेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ सय २४ जनाको स्वाव परीक्षण गर्दा ३७ जना कोरोना संक्रमण पुष्टि भएको छ । २७ गते ९ जना २८ गते ३५ जना, २९ गते २४ जना र आज ३७ जना संक्रमित थपिएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३ सय ३१ पुगेको छ भने मृत्यु हुनेको संख्या ५०५ रहेको छ ।

आज थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै बुटवलका रहेका छन् । बुटवलमा २५ जना संक्रमित थपिएका हुन् । त्यसबाहेक तिलोत्तमामा ८, देवदहमा एक र सैनामैनामा ४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : १० बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु