२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

लुम्बिनी सरकारको बजेट स्वत: फेल भएको विपक्षी गठबन्धनको दाबी, मध्यरातमा प्रदेशसभा स्थगित नगर्न चेतावनी



बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका नेताहरुले प्रदेशसभाबाट बजेट अस्वीकृत भएको दाबी गरेका छन् ।

प्रदेशसभा भवनमा बिहीबार साँझ विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै उनीहरुले सत्तापक्ष नै बैठक छाडेर गएका कारण बजेट स्वत: अस्वीकृत भएको दाबी गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेशसभामा प्रमुख विपक्ष दलका नेता विरेन्द्र कनोडियाले प्रदेशसभामा बजेट फेल हुने अवस्था देखेपछि सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेको बताए । निर्णायार्थ पेश गर्नु पर्ने मुख्यमन्त्री स्वयंको अगुवाईमा बैठक बहिस्कार गरिएका कारण बजेट फेल भएको र सरकार अल्पमतमा रहेको पुनः प्रमाणित भएको बताए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले मध्यरातमा प्रदेशसभा स्थगित गर्ने वा कुनै षड्यन्त्र भए प्रदेश प्रमुखकै विरुद्धमा आन्दोलन केन्द्रीत गरिने चेतावनी दिए । केसीले केन्द्रमा ओली प्रवृित्ति बढारिएकाे उल्लेख गर्दै केहीदिन भित्र प्रदेशमा पनि बढारिने दाबी गरे । ‘ओली प्रवृत्तिकाे टाउकाे फुटिसकेकाे छ ढाड याे प्रदेशबाट भाँचिन्छ ।’ उनले भने ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्तापक्षले संसद बहिस्कार गर्नु भनेकै बजेट फेल हुनु भएको बताए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : २१ बजे

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा