२ पुस २०८२, बुधबार | December 17, 2025

लुम्बिनी सरकारको बजेट स्वत: फेल भएको विपक्षी गठबन्धनको दाबी, मध्यरातमा प्रदेशसभा स्थगित नगर्न चेतावनी



बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका नेताहरुले प्रदेशसभाबाट बजेट अस्वीकृत भएको दाबी गरेका छन् ।

प्रदेशसभा भवनमा बिहीबार साँझ विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै उनीहरुले सत्तापक्ष नै बैठक छाडेर गएका कारण बजेट स्वत: अस्वीकृत भएको दाबी गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेशसभामा प्रमुख विपक्ष दलका नेता विरेन्द्र कनोडियाले प्रदेशसभामा बजेट फेल हुने अवस्था देखेपछि सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेको बताए । निर्णायार्थ पेश गर्नु पर्ने मुख्यमन्त्री स्वयंको अगुवाईमा बैठक बहिस्कार गरिएका कारण बजेट फेल भएको र सरकार अल्पमतमा रहेको पुनः प्रमाणित भएको बताए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले मध्यरातमा प्रदेशसभा स्थगित गर्ने वा कुनै षड्यन्त्र भए प्रदेश प्रमुखकै विरुद्धमा आन्दोलन केन्द्रीत गरिने चेतावनी दिए । केसीले केन्द्रमा ओली प्रवृित्ति बढारिएकाे उल्लेख गर्दै केहीदिन भित्र प्रदेशमा पनि बढारिने दाबी गरे । ‘ओली प्रवृत्तिकाे टाउकाे फुटिसकेकाे छ ढाड याे प्रदेशबाट भाँचिन्छ ।’ उनले भने ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्तापक्षले संसद बहिस्कार गर्नु भनेकै बजेट फेल हुनु भएको बताए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : २१ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन