१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

युरोपमा बाढीको वितण्डा : ७० जनाको मृत्यु



एजेन्सी । अत्याधिक वर्षाका कारण जर्मनी र बेल्जियमका नदीहरूको बहाव बढेसँगै कम्तीमा ७० जनाको मृत्यु भएको छ । धेरैको क्षति जर्मनीमा भएको छ । बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छ ।

जर्मनीको राइनल्यान्ड पलाटि-नट र नर्थ राइन वेस्ट-फेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको बताइएको छ । नेदरल्याण्डसमा पनि बाढीको व्यापक प्रभाव परेको छ ।

आज त्यस क्षेत्रमा झन् धेरै वर्षा हुने पूर्वानुमान गरिएको छ । स्थानीय अधिकारीहरूले जलवायु परिवर्तनका कारण विपद्को पछिल्लो घटना भएको बताइरहेका छन ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने बताए पनि कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएका छन । नर्थ राइन वेस्ट-फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिए ।

हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडनसँग भेट गर्नुअघि उक्त बाढीलाई ‘विपद्’ को संज्ञा दिएकी छन । जर्मनीका प्रभावित क्षेत्रहरूमा फसेकाहरूको उद्धार गर्नका लागि प्रहरीको हेलिकोप्टर र सयौँ सेना परिचालन गरिएको छ ।

दर्जनौँ मानिसहरूले छतमा उद्धारकर्ताहरूको प्रतीक्षा गरेका थिए । पश्चिमी जर्मनीमा विद्यालयहरू बन्द गरिएका छन् भने यातायात सञ्जालमा व्यापक प्रभाव परेको छ ।

पहाडी आइफेल क्षेत्रमा २५ वटा घरहरू ढल्ने खतरामा रहेको जर्मन प्रसारक एसडब्ल्यूआरले जनाएको छ । उसका अनुसार केही घरहरू पूर्ण रूपमा सम्पर्कभन्दा बाहिर पुगेका छन् र ढुङ्गाबाट समेत पुग्न नसकिने अवस्था सिर्जना भएको बिबिसीले जनाएको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : ०८ बजे

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले १० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई

सुहाङको यात्रा – अधिवक्तादेखि सांसदसम्म

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद्

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१