१५ माघ २०८२, बिहिबार | January 29, 2026

विघटित एमाले कार्यदलको बैठक रोक्ने प्रस्ताव एमाले अध्यक्ष ओलीबाट अस्विकार



काठमाडौं । विघटित एमाले कार्यदलको आईतबार डाकिएको एमाले बैठक स्थगित गर्ने आग्रहलाई एमाले अध्यक्ष केपी ओलीले अस्विकार गरेका छन् । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले यसअघिनै विघटन गरेको कार्यदलका सदस्यहरु आईतबार बिहानको स्थायी कमिटीको बैठक स्थगित गर्न अनुरोध गर्न ओली निवास बालकोट पुगेका थिए ।

कार्यदलका ८ जना नेताहरु ओली निवास पुगेका थिए । उनीहरुलाई अध्यक्ष ओलीले छलफलका लागि भनेर बैठक रोक्न नसकिने भन्दै सहमति निकालेर आउन भनेको ओली भेट्न पुगेका एम नेताले बताए । ओलीले विघटित कार्यदलका सदस्यहरुलाई वरिष्ठ नेता माधव नेपाललाई मनाएर आउन भनेको ती नेताले बताए ।

स्थायी कमिटीले विघटन गरेपनि शनिबार बिहानै देखि कार्यदलका सदस्यहरुको अनौपचारिक बैठक भएको थियो । उनीहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेका नेताहरू साँझ ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरेको थियो । ओलीलाई भेट्न विघटित कार्यदलका विष्णु रिमाल र रघुजी पन्त भने गएका थिएनन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ०९ बजे

कमला नदीमा अस्थायी ‘डाइभर्सन’

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

निर्वाचन आउन ३५ दिन बाँकी : यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा