१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही



सर्लाही । सर्लाहीको नेपाल-भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोवारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् ।

नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्रतिबन्धित लागुऔषध लिएर नेपाल भित्रिने क्रममा पक्राउ पर्ने गरेका प्रहरीले जनाएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण केही समय सुस्ताएको अवैध लागुऔषधको ओसारपसार फेरि बढेको पाइएको हो । पछिल्लो समय जिल्लास्थित नेपाल-भारत सिमानाको यो क्षेत्र लागुऔषध ओसारपसारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ ।

छिमेकी जिल्ला सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा जिल्लाको बागमती, रुपन्देही र बाँके नदीको बाटो प्रयोग गरेर तस्करहरुले भारतीय बजारमा पु¥याउने गरेका छन् । खोलाको बाटो हुँदै लुकाइछिपाइ लगिएको गाँजा भारतीय सीमामा लगेर महङ्गो मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएका प्रहरीले जनाएको छ । सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ । ती तस्करलाई गोप्य सूचनाका आधारमा जिल्लाको उत्तरी क्षेत्रमा रहेको लालबन्दी, हरिवन र बागमतीमा प्रहरी युनिटलाई सक्रिय पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतले जनाएको छ ।

गाँजाको ओसारपसार रोक्न सिन्धुलीबाट आउने जिल्लाको उत्तरी भेगका भित्री सडक, नदीको बाटो तथा नेपाल-भारत सीमानाकामा कडाइका साथ निगरानी र जाँच बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसारपसार गर्ने १३० जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै ८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान कारवाही गरिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार १२५ पुरुष, एक महिला र चार विदेशी पुरुष रहेका छन् ।

त्यस्तै बरामद भएका लागुऔषधमा नाइट्रोसन र नाइट्राभेट सात हजार ३५३ ट्याब्लेट, नाइट्राभेट एम्पुल एक हजार २६४, कोरेक्स, ओनरेक्स दुई हजार ५७४ बोतल, गाँजा १३५ किलो ७५० ग्राम, इन्जेक्सन १५८ र चरेस ५०० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

भारतको सोनवर्षा, भुतही, सीतामढीबाट ल्याइएका लागुऔषध नेपाल-भारत सीमा हनुमानचोक (रामनगर), कन्हौली भाँडसर र त्रिभुवननगर गाउँ नजिकैको सोनवर्षा बजारमा बसोबास गर्ने स्थानीय व्यक्तिसँग सम्पर्क मिलाएर उनीहरुको घरमा लुकाएर राख्ने र पछि सुरक्षाकर्मीको आँखा छलेर मलङ्गवा, भेल्ही, भाँडसर, पर्सा, नारायणपुर, सङ्ग्रापुर, त्रिभुवननगर हुँदै नेपाल भित्र्याउने गरेको स्रोतले जनाएको छ ।

नेपाल-भारत सीमा नजिकका भारतीय गाउँ तथा बजारमा तस्कर दिनहुँजसो जमघट हुने गरेका छन् । जिल्लाको ५१ किलोमिटर खुला सिमाना रहेको, नेपालीहरुको खेतीपाती भारततिर र भारतीय नागरिकको खेतीपाती नेपालतिर रहेका कारण पनि गैरकानूनी क्रियाकलाप नियन्त्रणमा केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : १३ बजे

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका

आगलागी पीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

दाङ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले १० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई

सुहाङको यात्रा – अधिवक्तादेखि सांसदसम्म

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद्

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा