२३ भदौ २०८३, मंगलबार | September 8, 2026

प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमतिः साझा कार्यक्रम बनाइने



काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार गठन तथा सञ्चालन र साझा कार्यक्रमका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार पाँच दलीय गठबन्धनको ‘म्यान्डेट’, मन्त्रिपरिषद् विस्तार, सरकारका साझा कार्यसूचीका विषयमा छलफल भएको छ ।

सरकारको प्रभावकारी सञ्चालन तथा गठबन्धन दल सरकारमा सहभागिताका विषयमा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको छ । नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल जारी रहेको बताइन् ।

प्रधानमन्त्री देउवालाई भेट्नुअघि अध्यक्ष प्रचण्डले कोटेश्वरस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँंग छलफल गरेका थिए ।

शीर्ष नेताहरूबीच सरकारमा गठबन्धन पार्टीको सहभागिता, सरकार सञ्चालनका लागि साझा कार्यसूची, सरकारको कामकारबाहीमा प्रभावकारिता, कोरोना महामारी नियन्त्रण, आर्थिक चलायमान बनाउने र यसअघिका संवैधानिक नियुक्ति बदर गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।

काँग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठन र प्रतिनिधि सभा पुनस्र्थापना गर्न सक्रिय गठबन्धन पार्टीका नेताहरूले केही दिनमै सरकारलाई पूर्णता दिई कोरोना महामारी नियन्त्रण, मनसुनजन्य विपत् व्यवस्थापन र आर्थिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको जनाएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ३६ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३