७ श्रावण २०८३, बिहिबार | July 23, 2026

चीनमा भीषण वर्षासँगै बाढी : कम्तीमा १२ जनाको मृत्यु, १० हजार बढी विस्थापित



एजेन्सी । भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् ।

अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजार भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको ज्यान गएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।

बाढीका कारण एक दर्जन भन्दा बढि शहरको जनजीवन प्रभावित भएको छ । सडक यातायात तथा हवाई सेवा बन्द भएका छन् । करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरेको छ । बाढी आउनमा धेरै कारणहरु रहे पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम भने तीव्र बनाएको विज्ञले बताएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरुमा बाटो डुबानमा परेको तथा कार तथा गेग्रानले तीव्र गतिमा आएको पानीको मार्ग परिवर्तन गराएको देखिएको छ । हालकै आएको आँधीले क्षति गरेको हेनान प्रान्तको बाँधलाई अहिलेको भीषण वर्षा र बाढीले भत्काउन सक्ने भन्दै चिन्ता पनि व्यक्त भएको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ४६ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी