१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कोरोना र पर्यटन व्यवसाय : बन्द होईन, बिकल्प देउ



 

नेपालमा पछिल्ला वर्षहरुमा रेष्टुरेन्ट व्यवसायमा ठूलो लगानी भित्रिएको छ । रेष्टुरेन्ट, बार, क्याफे र साना खाजा पसल व्यवसायमा २० अर्ब लगानी भयको र वर्षको ७ अर्ब राजस्व तिर्दै आएका छन् ।

त्यसकारण अब बन्द हैन, स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाएर, होटल, रेष्टुरेन्ट, बार, पब्, क्याफे सुरक्षित रूपमा संचालन गर्नु पर्दछ । बन्द हैन , ब्यवस्थित रुपमा सञ्चालन गरौं । ग्राहकहरु हल्लाको पछाडि नलागौं, सचेत बनौं।

बुटवल । कालिकानगरमा रेष्टुरेन्ट ब्यवसायमाझ नाम कमाएका ब्यवसायी सागर पौडेलले फेसबुकमा राखेको यो स्टाटसले उनिहरुको समस्या प्रष्टयाउछ । विदेशमा होटल ब्यवसाय सम्बन्धि अध्ययन गरेका उनि स्वदेश फर्किएर लाईन एण्ड लेमन लन्च क्याफे संचालनमा ल्याए । लिजमा घर लिएर संचालन गरेको क्याफेमा २० जना बढी युवाहरुलाई रोजगार दिएका थिए । तर लामोसमय बन्द हुदा कर्मचारीलाई कटौती गर्नुपरेको उनले दुखेसो गरे । करीब डेढ करोड लगानी रहेको क्याफेमा अहिले अपरेसन कष्ट नै धान्न गारो भएको उनले बताए । केही युवा कर्मचारीहरुलाई सहज गराउनै भएपनि रेष्टुरेन्ट खोल्नुपरेको उनी बताउछन । तर दैनिकजसो प्रहरीप्रशासनबाट धम्की खानुपर्दा पेशाप्रति नै सम्मान नपाएको उनको दुखेसो छ । ‘स्वदेशमै काम गरेर खाने युवाहरुलाई सम्मान छैन ।’– उनले भने । सरकारले पर्यटन क्षेत्रमा राहतको नीति ल्याउने आशमा रहेको उनिजस्तै धेरै ब्यवसायी अहिले निरास छन । बैकबाट लिएको लोनदेखि बन्द समयमा घरभेटीबाट समेत कुनै छुट नमिलेको उनिहरुको दुखेसो छ । ‘हामीले ट्याक्स तिरेकै छौ तर पनि आफनो अधिकार पाउन नसकेका छैनौं ।’– उनले भने । होटल ब्यवसाय संचालन भएपनि रेष्टुरेन्ट ब्यवसायीको हकहितलाई समेट्न नसकेको उनको गुनासो छ । बन्दको बिकल्प खोजिनुपर्ने भन्दै सरकारी कार्यालय, बैकवित्तिय संस्था, यातायात खुला भैसकेको भएपनि आफुहरुलाई स्वीकृति नदिनु गलत भएको उनले बताए । ब्यवसायीहरुलाई खोपको ब्यवस्थापन गरि स्वस्थ्य मापदण्ड अप्नाएर खोल्न पाउनु पर्ने ब्यवसायीहरुको माग छ । यो अवधिमा ब्यवसायीहरुलाई दुब्यहार गर्ने तथा पक्राउ गर्ने जस्ता काम भएको भन्दै यस्ता काम बन्द गर्नुपर्ने उनले बताए ।

एक वर्षअघि रेष्टुरेन्ट ब्यवसायी शुरु गरेका यामु थापा अहिले चिन्तित छन । स्वदेशमै पर्यटन ब्यवसायबाट स्वरोजगार पेशा रोजेका उनि अहिले समस्यामा छन । बुटवलको ठमेलको परिचय बनाएको कालिका हल पथ, राजमार्ग चौराहामा उनले रिच बिन्स क्याफे उद्घाटन नै नगरि निषेधाज्ञाको सिकार भयो । ‘सफ्ट ओपनिङ गरे ।’– उनले भने । लगतै पहिलो लकडाउन शुरु भयो । लामोसमय बन्द भयो । अत्याधुनिक सजावटसहित १ कठ्ठा क्षेत्रफल लिजमा संचालनमा ल्याएका उनलाई लिजको भाडा र कर्मचारीलाई तलब दिन कठिन भयो । पहिलो वर्ष कोरोना र निषेधाज्ञा सकिएपछि केही समय बजार खुल्यो । उनलाई आशा जाग्यो । तर फेरि दोस्रो लहर शुरु भयो । फेरि निषेधाज्ञा जारी भएको छ । ‘स्वदेशमै केही गरौ भन्ने हामी जस्ता युवाहरुलाई चुनौती छ ।’– उनले भने । कहिले राजनितिक, त कहिले स्वस्थ्य क्षेत्रमा देखिएको समस्याकै कारण युवाहरु विदेश जानुपरेको उनी बताउछन । राजनितिक स्थिरता आएपनि अहिले कोभिड पर्यटन क्षेत्र तहननहन हुने गरि प्रभाव पारे पनि सरकार भने मुकदर्शक भएको उनको दुखेसो छ । ‘डेढ करोड बढि लगानी भैसकेको रेष्टुरेन्ट अब के गर्ने भन्ने दोधारमा छु ।’–उनले भने । संचालन खर्च नै धान्न गारो भएको उनी बताउछन । ‘डेढ वर्षदेखि बन्द छ ।’–उनले भने । प्रशासनको निगरानीमा केवल आफुहरु परेको उनको गुनासो छ । बजारमा सबै खुलेकै छन तर आफुहरु निशानामा परेको उनले बताए । कोभिड १९ संक्रमण रोक्न निषेधाज्ञा जारी छ । यसको कहरमा सबैभन्दा पिडामा पर्यटन ब्यवसायीहरु परेका छन ।

निषेधाज्ञा चलिरहदा प्रत्यक्ष मारमा रेष्टुरेन्ट ब्यवसायीहरु परेका छन । बन्द समाधान नभएको भन्दै पर्यटन क्षेत्रलाई स्वस्थ्य मापदण्ड पालना गरेर खोल्न पाउनुपर्ने उनिहरुको माग छ । सरकारले सम्बोधन गर्ने गरि प्याकेज ल्याउनुपर्ने उनिहरुको सुझाव छ ।

तिलोत्तमा नगरपालिकामा ३ वर्ष अघि सुन्दर सपना बोकेर रेष्टुरेन्ट ब्यवसायमा हात हालेका उमेश सापकोटाको पिडा पनि कम छैन । गार्डेन रेष्टुरेन्ट एण्ड बार संचालनमा ल्याएका उनि पछिल्लो डेढ वर्ष कठिन समयबाट गुज्रनुपरेको बताउछन । ‘सम्झदा पनि निक्कै पिडा भएको छ ।’– उनले भने । स्वदेशमै १६ जना बढी युवालाई रोजगार दिएका उनि अहिले बन्दको पिडा खेप्दै छन । लिजमा जग्गा लिएर १ करोड बढी लगानी भएको पूर्वाधार सुनसान छ । अत्याधिक रेष्टुरेन्ट, लाईभबार समेत चलाएका उनि सुनसान रेष्टुरेन्ट नियाल्दै उज्यालो बिहानीको प्रतिक्षामा छन । अहिले स्वस्थ्य मापदण्ड अनुसार खोल्नपाउनुपर्ने उनिजस्तै ब्यवसायीहरुको माग छ ।

 

कालिकानगरमा डि फाईभ रेष्ट्रोका दिनेश थापा पनि रेष्टुरेन्ट औपचारिक उद्घाटनसंगै निषेधाज्ञाको सिकार बने । नया वर्षको अवसरमा शुरुवात युवा साथीहरुको साथमा शुरुवात गरेको यो पेशा धरापमा पर्यो । नेपाली कला झल्किने गरि आर्कषण सजावट गरिएको रेष्टुरेन्ट अहिले सुनसान छ । कर्मचारीहरु बिदामा बसेका छन । महिना बितेसंगै बैकको ब्याज र घरको भाडा जोडिएपनि तिर्ने बिकल्प देखिएका छैनन ।

नेपालमा पछिल्ला वर्षहरुमा रेष्टुरेन्ट व्यवसायमा ठूलो लगानी भित्रिएको छ । रुपन्देहीमा करीब डेढ सय रेष्टुरेन्ट छन । न्युनतम ७० लाखदेखि ७ करोड रुपैयासम्म लगानी भएका रुपन्देहीमा करीब १० अरब बढी लगानी तथा करीब ४ हजार बढी युवाहरुले रोजगार पाएको पौडेलको दाबी छ । रेष्टुरेन्ट, बार, क्याफे र साना खाजा पसल व्यवसायमा अनुमानित २० अर्ब लगानी भएको र वर्षको ७ अर्ब राजस्व तिर्दै आएका छन ।

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १० : ३१ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले