१९ असार २०८३, शुक्रबार | July 4, 2026

निर्मला पन्तको हत्यारा पत्ता लगाउन कांग्रेस प्रवक्ताले गराए प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण



काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुगेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पन्तको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गरेका छन् ।

प्रवक्ता शर्माले पन्तको हत्याबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराउँदै हत्यारालाई कारवाहीको दायरामा ल्याउने दायित्व निभाउन आग्रह गरेका छन् ।

शर्माले आइतबार ट्वीट गर्दै भनेका छन्, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो। प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ‘प्रतिपक्षमा छँदा हामीसँग प्रश्न थिए अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।’ शर्माले भनेका छन्।

तीनवर्ष अघि पन्तको हत्या हुँदा कांग्रेस प्रतिपक्षमा थियो । शर्माले निर्मलालाई न्यायसँगै कसैले पनि यस्तो नियति भोग्न नपरोस् भन्दै विशेष तदारूकता बढाउन आग्रह गरेका छन् । उनले बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले ब्यहोर्दै आएकोमा त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै सामाजिक रूपान्तरणको साझा अठोट चाहिने बताएका छन् ।

२०७५ साउन १० गते भएको हत्याकाण्डबारे प्रहरीले अनेकौं अनुसन्धान गरेपनि हत्यारा पत्ता लगाउन सकेको छैन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : ०१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०