१८ असार २०८३, बिहिबार | July 2, 2026

पार्टी एकता जोगाउन एमालेका सांसदहरुले विघटित कार्यदलसँग छलफल गर्दै



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि संस्थापन पक्ष र माधवकुमार नेपाल पक्षका सांसदहरुले विघटित कार्यदलका सदस्यहरुसँग छलफल गर्दैछन् ।

पार्टीभित्रको विवाद समाधान गर्न १० बुँदे सहमति गरेका कार्यदलका सदस्यहरुसँग दुवै पक्षभित्र रहेका एकताको पक्षधर सांसदहरुले छलफल गर्न लागेका हुन् ।

पछिल्लो केही दिन यता सक्रिय बनेका दुवैतिका केही सांसदहरुले यो पहल गरेका हुन् । पार्टीलाई विभाजन हुनबाट रोक्न र एकता कायम गर्न सांसदहरुले पार्टी एकता दबाब समूह नै बनाएका छन् ।

सिंहदरबारमा दिउँसो हुने छलफलमा विघटित कार्यदलका १० जना नेताहरुलाई राखेर १० बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल गर्न लागेको सांसद यज्ञराज सुनुवारले बताएका छन् । सुनुवारले एकता जोगाउन जोगाउन आफुहरुले अभियान जारी राख्ने बताए ।

यो अभियानमा अध्यक्ष ओलीको तर्फबाट ओली पक्षका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी रहेका छन् । यस्तै माधव नेपाल पक्षबाट झपट रावल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, जयकुमार राई लगायका सांसद रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : ३४ बजे

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३