१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्न लागेको छ ।

प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठकमा आगामी १४ औं महाधिवेशनका विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । आजको बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्न सक्ने उनले बताए ।

यसअघि शनिबार बसको बैठकले गाउँ तथा नगर वडा अधिवेशन स्थगित गरेको थियो । क्रियाशील सदस्यता छानविन पूरा नभएकाले वडा अधिवेशन स्थगित गरेको थियो ।

आजको बैठकले त्यससम्बन्धी निर्णय गर्नसक्ने जनाइएको छ । यसअघि कांग्रेसको वडा अधिवेशन साउन १२ गते तोकिएको थियो । यस्तै, कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले काम लगभग सकिएको जनाएको छ । आजै पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउने समितिका सचिव केवश रिजालले बताए ।

क्रियाशील सदस्यता छानविनका लागि असार ३० गतेसम्मको सयम दिइएको थियो । तर, विवाद भएपछि काम लम्बिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : ३५ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन