२१ चैत्र २०८२, शनिबार | April 4, 2026

मन्दिरको सुन चोरी गर्ने सात जना प्रहरी नियन्त्रणमा



बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् ।

गणेश नेपाल सुन चाँदी व्यवसायी सङ्घ बैतडीका अध्यक्षसमेत हुन् । दुवै जनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् । यस्तै सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

गत पुसमा दोगडाकेदार–१ रीमकै धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले योजना बनाएर मन्दिरको सुन लुटेको पुष्टि भएको थियो । उनीहरु चारै जनामाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

मन्दिरको सुन पुसमा चोरिएको भए पनि चैतमा मात्रै थाहा भएको थियो । चैतपछि गाउँमा स्थानीयवासीले सुन चोर्नेको सोधीखोजी गरेका थिए । उनीहरुले असार अन्तिम साता मात्रै मन्दिरको सुन चोरी भएको विषयमा प्रहरीलाई जानकारी गराएका थिए ।

लटिनाथ मन्दिरमा नौ तोला सुन रहेकामा पौने चारतोला प्रहरीले बरामद गरिसकेको छ भने बाँकी सुन बिक्री भएको खुलेको छ । बिनाबिलको सुन खरिद गर्नु गैरकानूनी कार्य भएकाले मन्दिरबाट लुटिएको सुन खरिद गर्नेमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

यसैबीच लटिनाथ मन्दिरको सुन भण्डार घरको ताला फोडेर चोरेको पुष्टि भएको छ । गत पुसमा धनबहादुर, लालबहादुर, केशव र हरिकृष्णले योजना बनाएर सुन लुटेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

मन्दिरका पुजारी नैनराम सार्कीले गत चैतमा मात्रै मन्दिरको सुन लुटिएको बारेमा थाहा पाएका थिए । मन्दिरमा नौ तोला सुन रहेकामा र उनीहरुले भण्डार घरको ढोका फोडेर सुन लुटेका हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ५५ बजे

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा