७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिन्धुलीगढिमा पहिलो युद्ध संग्रहालय स्थापना, आज राष्ट्रपति भण्डारीद्धारा उद्घाटन



सिन्धुलीको सिन्धुलीगढिमा ऐतिहासिक “सिन्धुलीगढि युद्ध संग्रहालय” स्थापना भएको छ । नेपाली सेनाले कमलामाई नगरपालिकासगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा संग्रहालयको निर्माण भएको हो ।

कोरोना माहामारीकाबीच निर्माण थालिएको डेढ वर्षपछी आज अर्थात असार १३ गते राष्ट्रपति विद्यादेवि भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ । २०७६ साल कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले “सिन्धुलीगढि युद्व संग्रहालय” को शिलान्यास गरेका थिए । सिन्धुलीगढि युद्ध संग्रहालय “वृहत्तर सिन्धुलीगढि गुरु योजन” को महत्वपूर्ण अंश हो ।

यस क्षेत्रको ऐतिहासिक महत्वलाई कायम राख्दै व्यवस्थित र वृहत्तर विकास गर्दै सेनाले पुरातत्त्व विभाग, पर्यटन वोर्ड र कमलामाई नगरलाई यस गुरुयोजना निर्माण गरी हस्तान्तरण समेत गरेको छ । जसमा आगामी दिन निर्माण हुने सम्पुर्ण भौतिक संरचना सोही योजनामा आधारित रहेर व्यवस्थित निर्माण हुने अपेक्षा गरिएको छ ।

संग्रहालयको निर्माणले हाम्रो गौरवमय इतिहासमार्फत हाम्रो राष्ट्रिय एकतालाई महत्त्व दिनेछ भने राष्ट्र हितकालागी राष्ट्रियप्रेमी र अनुशासित पुस्ता निर्माण गर्न प्रेरणा पुर्‍याउने अपेक्षा गरिएको छ । यो सिन्धुलीगढी युद्व संग्रहालयको निर्माणले देशका लागि बलिदान दिने हाम्रा तत्कालीन वीर, विराङ्गना महिला, पुरुष, वृद्धवृद्धा तथा बालबालिका सबैलाई राष्ट्रबाट उचित सम्मान भएको छ । निकट भविष्यमा यस संग्रहालय अनुसन्धानकर्ता, विद्यार्थी लगायत स्वदेशी र विदेशी पर्यटकहरुको उपयुक्त भ्रमणस्थल बन्ने सक्ने देखिन्छ ।

वि। स २०२४ असोज २५ गते आधुनिक नेपालका प्रेरणा पृथ्वीनारायण शाहको वुद्विमतापुर्ण राजनीतिक सोचका साथै कुशलताका कारण शक्ति सम्पन्न इष्ट ईन्डिया कम्पनिका विशाल फौजको आक्रमणलाई विफल पारेको थियो ।

यस संग्रहालयमा तिनै महत्त्वपूर्ण विषयहरु समावेश गरेर तत्कालीन इष्ट ईन्डिया कम्पनीसग भएको लडाइँको मुख्य घटनाक्रम डकुमेन्ट्री, नक्सा, तत्कालीन समयमा प्रयोग भएको हातहतियार, दस्तावेज , मोडल आदिमा प्रतिविम्ब उजार गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११