१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा बुलेटको मेटिअर लन्च



बुटवल । रोयल ईनफिल्डको नया मोडल मेटिअरका ३ नया भेरियन्ट बुटवलमा लन्च गरिएको छ। लुम्बिनी क्षेत्रमा गैरे प्रतिष्ठान प्रा.लिले कालिकानगरमा बुधबार मेटिअरका ३ नया भेरियन्टको लन्च गरिएको हो ।

युवाहरु माझ रुचाईएको बुलेटका क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरि ४ मोडलहरु यसअघि नै बजारमा उपलब्ध रहेको थियो। बुधबार पाचौ मोडल मेटिअर बुटवलसहित देशभर लन्च गरिएको प्रतिष्ठानका संचालक प्रेमराज गैरेले बताए। हाल ३५० सिसिका सुपरनोभा, स्टेलर र फायर बल गरि ३ भेरिअन्टका मोडेलहरु उपलब्ध हुने गैरेले बताए। मोडल अनुसारको फरक फरक मूल्य रहेको उनले बताए।

सुपरनोभा ६ लाख ४५ हजार, स्टेलर ६ लाख १७ हजार र फायर बल ६ लाख बजारमुल्यमा उपलब्ध हुने संचालक उनले जानकारी दिए । गैरेका अनुसार भारतका चेन्नईमा ५ वटा फैक्ट्रिबाट उत्पादन भैरहेको रोल ईन्फिल्डको अहिले बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान, १५ लिटर टंकी र सुरक्षाको मापदण्ड सहित उपलब्ध छ ।

बाईकको ४० किलोमिटर प्रति लिटर माईलेज दिने, स्पोर्टी लुक्स रहेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए।

नयाँ लञ्च भएको मोडेलको आज एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिम क्षेत्रिय डिलर एसोसियसनका अध्यक्ष प्रेम गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेलगायतले औपचारिक रुपमा लन्च गरेका थिए । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर पाडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भवानी पाण्डे, नेपाली काग्रेस बुटवल नगरका सभापति खेलराज पाण्डे, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुषाल, पत्रकार खिमानन्द भट्टराईले दिगोपन र सुरक्षाका विषयमा विक्रेता कम्पनीले सोच बनाएर कार्यक्रमहरु ल्याउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ११ : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा