२० असार २०८३, शनिबार | July 4, 2026

पूर्व माओवादी नेताहरुको मुद्दा न्यायाधीस दीपककुमार कार्कीको बेञ्चमा



काठमाडौं । माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको स्थायी समिति सहित केन्द्रीय नेता बनेका चार सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

न्यायाधीस दीपककुमार कार्कीको एकल इजलासमा यी चारै नेताको मुद्दामाथि सुनुवाई हुने भएको छ ।

नेकपा माओवादी पार्टी परित्याग गरेर एमाले बनेका पूर्व माओवादी नेताहरु टोबहादुर रायमाझी लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।

आफुहरु कानूनी रुपमा अझै पनि माओवादी केन्द्रको सदस्य रहेको उनीहरुले दाबी गरेका छन् । आफुहरुले दल त्याग नगरेको र निर्वाचन आयोगको विवरणमा आफुहरु माओवादी केन्द्रकै केन्द्रीय सदस्य रहेको भन्दै चारै नेताहरुले प्रचण्डको सिफारिसमा सभामुखले गरेको सांसद पद खारेजको निर्णय बदरभागी हुनुपर्ने उनीहरुले जिकिर गरेका छन् ।

सर्वोच्च अदालतले साविकको नेकपा खारेज गरेर पूर्ववत पार्टीहरु एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि चारै नेताहरु एमालेमा प्रवेश गरेका थिए । तत्कालिन केपी ओली सरकारको मन्त्री रहेका उनीहरुलाई माओवादी केन्द्रले पटकपटक स्पष्टीकरण सोधेपछि दल त्याग गरेको अभियोगमा चैत्र २४ गते पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको थियो । माअ‍ोवादीले उनीहरुको सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्राचार गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा चारै सांसदहरुको सांसदपद नरहेको जानकारी गराएका थिए ।

सर्वोच्चमा आजै लुम्बिनी प्रदेशमा माओवादीले कारवाही गरेका दुई प्रदेश सांसदको समेत मुद्दामाथि सुनुवाइ हुँदैछ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ११ : ३७ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०