३० चैत्र २०८२, सोमबार | April 13, 2026

माओवादीकै सांसद बन्न पाउँ भनि चार एमाले नेताले दिएको रिट हेर्दाहेर्दैमा



काठमाडौं । माओवादी पार्टी परित्याग गरी एमालेको केन्द्रीय नेतृत्वमा रहेका चार पूर्वमाओवादी नेताहरुले सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्याइने सूची परेको छ ।

चार पूर्वमाओवादी नेताहरुले आफ्नो सांसद पद कायम गरिपाउँ भनेर दायर गरेको रिट न्यायाधीस दीपककुमार कार्कीको इजलासमा परेको थियो ।

गत फागुनमा माओवादी पार्टी परित्याग गरी एमालेको स्थायी कमिटी सदस्य बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट र केन्द्रीय सदस्यहरु प्रभु साह एवं गौरी शंकर चौधरीले सांसद पद पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुले माओवादी केन्द्रले आफुहरुलाई गैरकानूनी ढंगले पार्टीबाट निस्काशन गरेको र सोही आधारमा सभामुखले सांसद पद खारेज गरेको आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, संसद सचिवालय, निर्वाचन आयोगलाई विपक्षी बनाएका थिए ।

माओवादीले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्राचार गरेर चार सांसदले दल त्याग गरेको जानकारी दिएका थिए । त्यसपछि संसद बैठकमा सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ४ : ५२ बजे

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख