१८ माघ २०८२, आइतबार | February 1, 2026

साउन ३२ सम्म लम्बियो रुपन्देहीमा ‘कागजी’ निषेधाज्ञा, प्रशासनको निषेधाज्ञा कागजमा मात्र सिमित



बुटवल । रुपन्देहीमा दैनिक जनजीवनका सबै क्रियाकलापहरु सुचारु भएपनि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको म्याद थप्न छाडेको छैन । बैशाख १६ गतेबाट शुरु भएको जिल्लाको निषेधाज्ञालाई साउन ३२ सम्म लम्ब्याईएको छ । सडकमा नारा जुलुस देखि पार्टी प्यालेसहरुमा भोजपार्टी सम्म र खुल्ला स्थानमा सयौंको भिड लगाएर मर्निङ र इभिनिङ वाक देखि डिपार्टमेण्टल स्टोरहरुमा ठेलमठेल भिडभाड जारी रहेपनि प्रशासनले फेरि एक पटक निषेधाज्ञा थप गरेको छ ।

कोरोना संक्रमणको दर घट्न नसकेको कारण देखाउँदै कागजमा निषधाज्ञाको समय थप गरेपनि आफैले थपेको निषधोज्ञा कार्यान्वयनमा भने प्रधासनले कुनै चासो देखाएको छैन । रुपन्देहीमा फिल्महलमा फिल्म प्रदर्शन र खेलमैदानमा औपचारीक प्रतियोगिता बाहेक सबै कार्यहरु सहजताका साथ संचालन भईरहेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यसअघि कै निषेधाज्ञाको मापदण्डलाई निरन्तरता दिँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

प्रशासनले थप गरेको मापदण्डमा सार्वजनिक र नीजि यातायातमा स्वास्थ्य मापदण्ड अपनाउन र परिक्षा चलाउनेहरूले एक कोठामा २५ जनाभन्दाबढी बिद्यार्थी नराख्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाउने छन् भने निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्यूत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवा निषेध हुने छैनन ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ९ : ५५ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि