४ पुस २०८२, शुक्रबार | December 20, 2025

पूर्वमाओवादी नेताहरुको रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा



काठमाडौं । चार जना पूर्वमाओवादी नेताले आफुहरुको सांसद पद बहालीको माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।

नेकपा माओवादी पार्टी परित्याग गरेर एमालेको केन्द्रीय नेता बनेका पूर्वमाओवादी नेताहरु टोबहादुर रायमाझी लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले यही बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरुको रिट बिहीबार न्यायाधीस दीपककुमार कार्कीको इजलासमा परेपनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।

आफुहरु कानूनी रुपमा अझै पनि माओवादी केन्द्रको सदस्य रहेको उनीहरुले दाबी गरेका छन् । आफुहरुले दल त्याग नगरेको र निर्वाचन आयोगको विवरणमा आफुहरु माओवादी केन्द्रकै केन्द्रीय सदस्य रहेको भन्दै चारै नेताहरुले प्रचण्डको सिफारिसमा सभामुखले गरेको सांसद पद खारेजको निर्णय बदरभागी हुनुपर्ने उनीहरुले जिकिर गरेका छन् ।

सर्वोच्च अदालतले साविकको नेकपा खारेज गरेर पूर्ववत पार्टीहरु एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि चारै नेताहरु एमालेमा प्रवेश गरेका थिए ।

तत्कालिन केपी ओली सरकारको मन्त्री रहेका उनीहरुलाई माओवादी केन्द्रले पटकपटक स्पष्टीकरण सोधेपछि दल त्याग गरेको अभियोगमा चैत्र २४ गते पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको थियो ।

माअ‍ोवादीले उनीहरुको सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्राचार गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा चारै सांसदहरुको सांसदपद नरहेको जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ११ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको