२० असार २०८३, शनिबार | July 4, 2026

एमालेद्वारा ९ वटा विभागमा प्रमुख र सदस्यहरु मनोनयन, पार्टी स्कुल प्रमुखमा ओली



काठमाडौं । नेकपा एमालेले विभाग र निकायहरुमा नेताहरुलाई मनोनयन गरेको छ ।

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले १४ वटा विभागमध्ये ९ वटामा मनोनयन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरुको नाम मनोनयन गरेको ज्ञवालीले बताए । पार्टी स्कुल विभागमा अध्यक्ष केपी शर्मा ओली मनोनित भएका छन् । विष्णु पौडेल संगठन विभाग प्रमुख तोकिएका छन् ।

एमालेले अब माधव नेपाललाई नपर्खी अघि बढ्ने निर्णय समेत गरेको छ । पार्टी एकताको प्रयास चलिरहेपनि नेपाललाई नपर्खिने तर अन्य नेताहरुलाई समेटेर अघि बढ्ने गरी पार्टीका विभागहरुको मनोनयन गरेको छ । जसअनुसार नेपाल पक्षका नेताहरुलाई समेट्न विभिन्न ठाउँहरु खालि राखिएको प्रवक्ता ज्ञवालीले बताए । बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय भएको उनले जनाए ।

विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।

 

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ३३ बजे

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल