१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप (आदेशसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको मंगलबार बसेको बैठकले साउन २१ देखि २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो ।

पछिल्लो समय जारी निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदैछ । साबिककै निर्णयहरूलाई कडाइका साथ पालना गर्ने गरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको काठमाडौंका जिल्ला प्रमुख अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरीलगायत सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

शैक्षिक संस्थाहरूमा पनि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको छ । थपिएको निषेधाज्ञामा पनि यसलाई निरन्तरता दिइएको छ ।

पहिलाकै अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न अनुमति दिइएको छ ।

आदेशअनुसार रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

मंगलबार मात्रै काठमाडौं प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : २९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर