१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

श्रोत नखुलेको ३३ लाख बढी रकम सहित २ जना पक्राउ



नवलपरासी पश्चिम । नवलपरासी पश्चिम प्रहरीले श्रोत नखुलेको ३३ लाख बढी रकम सहित १ जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिको बर्दघाट १२ भटौलिया स्थित नारायाणचोक-परासी भित्री सडक खण्डबाट प्रहरीले श्रोत नखुलेको उक्त रकम सहित १ जनालाई पक्राउ गरेको हो ।

दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको लु १६ प ३७२९ नम्बरको मोटरसाईकलको चेकजाँचका क्रममा सो रकम सहित नवलपरासी पश्चिम पाल्हिनन्दन २ का ३५ वर्षिय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज जिल्ला ठुटीवारीका २७ वर्षिय समिर खानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका २ जनाबाट भारतिय २ हजारका २०७ थान नोट (४ लाख १४ हजार) र ५ सयका ९७२ थान नोट गरी जम्मा ९ लाख भारतिय मुद्रा तथा नेपाली १ हजारका १ हजार ६९ थान (१० लाख ६९ हजार) र ५ सयका १५ सय ६२ थान (७ लाख ८१ हजार) थान गरी जम्मा १८ लाख ५० हजार बराबरको नेपाली मुद्रा बरामद भएको नवलपरासी पश्चिम प्रहरी प्रवक्ता राजु लामाले बताए । पक्राउ परेकाहरुलाई उनीहरुले प्रयोग गरेको मोटरसाईकल सहित हिरासतमा लिएर थप अनुसन्धान भईरहेको लामाले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ५३ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू