६ श्रावण २०८३, बुधबार | July 22, 2026

ब्लुटुथ जडित टिभिएस एनटर्कको १२५ सिसिको स्कुटर भैरहवामा लन्च



बुटवल । टिभिएस मोटर कम्पनीले बिएस, भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको १२५ सिसिको स्कुटरलाई आज भैरहवामा लञ्च गरेको छ ।

नेपाल मै पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर टिभिएसले रुपन्देहीका शोरुमहरुबाट लन्च गरेको हो । टिभिएस नेपालका ब्रान्ड एम्बेसेडर तथा नेपाली फिल्मका चर्चित कलाकार प्रदिप खड्का र स्वस्तिमा खड्काको उपस्थितीमा भैरहवाको शोरुमबाट स्कुटीको लन्च गरिएको हो ।

यस क्षेत्रका युवा ग्राहकहरुको लागि टिभिएसको नँया मोडेलमा स्कुटी बजारमा आएको भैरहवाको बुद्धचोकमा रहेको शोरुमका म्यानेजर खेम जिसीले बताए ।

लन्चको पहिलो दिनमा ५ वटा स्कुटी विक्रि भईसकेको जिसीले बताए । शोरुमका लागनी कर्ता बिमल क्षेष्ठले युवा पुस्तामा टिभिएस मोटर कम्पन्नीको स्कूटी रोजाई बढ्दै जाँदा अहिले एनर्टकक मोडेलको स्कूटीमा ब्लुटुथ जडान सहित भएकाले युवावर्गलाई थप आकृषण गर्ने जिसीले बताए ।

बजार प्रमुख बिक्रम पाण्डेले टिभिएस कम्पनीको पहिलो स्मार्टकनेक्टफुल्ली प्रस्तुत गर्ने प्रविधि भएको जनाएको छ । यो स्कुटरमा स्पिडोमिटर, नेभिगेशनएसिस्ट, टप स्पीड रेकर्डर, इन-बिल्ट ल्याप टाइमर, फोन ब्याट्री, स्ट्ेन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर, स्ट्रट र स्पोर्ट लगायतका मल्टिराईड स्टाटिस्टिक मोल जस्ता सुविधाहलाई कम्पन्नीले समेटेको छ । स्कुटी म्याट रेड, मेटालिक ग्रे, मेटलिक रेड, मेटलिक निलो रंमा उपलब्ध रहेको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ४७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको