१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ब्लुटुथ जडित टिभिएस एनटर्कको १२५ सिसिको स्कुटर भैरहवामा लन्च



बुटवल । टिभिएस मोटर कम्पनीले बिएस, भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको १२५ सिसिको स्कुटरलाई आज भैरहवामा लञ्च गरेको छ ।

नेपाल मै पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर टिभिएसले रुपन्देहीका शोरुमहरुबाट लन्च गरेको हो । टिभिएस नेपालका ब्रान्ड एम्बेसेडर तथा नेपाली फिल्मका चर्चित कलाकार प्रदिप खड्का र स्वस्तिमा खड्काको उपस्थितीमा भैरहवाको शोरुमबाट स्कुटीको लन्च गरिएको हो ।

यस क्षेत्रका युवा ग्राहकहरुको लागि टिभिएसको नँया मोडेलमा स्कुटी बजारमा आएको भैरहवाको बुद्धचोकमा रहेको शोरुमका म्यानेजर खेम जिसीले बताए ।

लन्चको पहिलो दिनमा ५ वटा स्कुटी विक्रि भईसकेको जिसीले बताए । शोरुमका लागनी कर्ता बिमल क्षेष्ठले युवा पुस्तामा टिभिएस मोटर कम्पन्नीको स्कूटी रोजाई बढ्दै जाँदा अहिले एनर्टकक मोडेलको स्कूटीमा ब्लुटुथ जडान सहित भएकाले युवावर्गलाई थप आकृषण गर्ने जिसीले बताए ।

बजार प्रमुख बिक्रम पाण्डेले टिभिएस कम्पनीको पहिलो स्मार्टकनेक्टफुल्ली प्रस्तुत गर्ने प्रविधि भएको जनाएको छ । यो स्कुटरमा स्पिडोमिटर, नेभिगेशनएसिस्ट, टप स्पीड रेकर्डर, इन-बिल्ट ल्याप टाइमर, फोन ब्याट्री, स्ट्ेन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर, स्ट्रट र स्पोर्ट लगायतका मल्टिराईड स्टाटिस्टिक मोल जस्ता सुविधाहलाई कम्पन्नीले समेटेको छ । स्कुटी म्याट रेड, मेटालिक ग्रे, मेटलिक रेड, मेटलिक निलो रंमा उपलब्ध रहेको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ४७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान