२३ चैत्र २०८२, सोमबार | April 6, 2026

पछिल्लो २४ घण्टामा ३७२९ जना कोरोना संक्रमित थपिए, हालसम्म १० हजार बढीको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

१५ हजार ६७५ जनामा गरिएको परीक्षणमा ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार ४९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २९९ जनामा संक्रमण देखिएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेको मन्त्रालयले जनाएको छ । । जसमध्ये ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् भने ३१ हजार ४२७ जना होम आइसोलेसनमा बसेका छन्। ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन् । यही अवधिमा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ । ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : ३७ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको