१ पुस २०८२, मंगलबार | December 16, 2025

पछिल्लो २४ घण्टामा ३७२९ जना कोरोना संक्रमित थपिए, हालसम्म १० हजार बढीको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

१५ हजार ६७५ जनामा गरिएको परीक्षणमा ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार ४९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २९९ जनामा संक्रमण देखिएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेको मन्त्रालयले जनाएको छ । । जसमध्ये ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् भने ३१ हजार ४२७ जना होम आइसोलेसनमा बसेका छन्। ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन् । यही अवधिमा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ । ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : ३७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज