६ आश्विन २०८३, मंगलबार | September 22, 2026

भदौ ५ सम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोक्ने भएको छ ।

आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाएका छन ।

त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ । परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न पनि निर्देशन दिईएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा स्थगित गरिएको छ भने अन्य परीक्षाहरु पनि रोक्नुपर्ने बताउँदै आईएको थियो ।

यद्यपी, भदौ ५ पछि कोरोना संक्रमण थप बढ्यो र सरकारले निषेधाज्ञा लगायो भने त्यसपछिका परीक्षा के गर्ने भन्नेबारे पछि नै बैठक गरेर निर्णय गर्ने त्रिविले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ०२ बजे

गल्छी-स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

काठमाडौं । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटक तथा विचार

लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज