१४ चैत्र २०८२, शनिबार | March 28, 2026

फेरि भरिन थाले अस्पतालका शय्या



काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् ।

यसअघि शनिबार १ सय ६९ जना भेन्टिलेटर र ७ सय ४६ जना आईसीयूमा उपचाररत रहेका थिए । गत शुक्रबार १ सय ५८ जना भेन्टिलेटर र ७ सय ३२ जना आईसीयूमा उपचाररत रहेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १ सय ५८ जना भेन्टिलेटरमा र ७ सय १३ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र वीर अस्पतालमा आठ९आठ जना, टेकु अस्पतालमा १७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११, पाटन अस्पताल ललितपुरमा तीन, निजामती कर्मचारी अस्पतालमा एक र धुलिखेल अस्पतालमा चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ मा १ सय ४१ जना आईसीयू र ५२ जना भेन्टिलेटरमा, प्रदेश २ मा तीन जना आईसीयूमा, बाग्मती प्रदेशमा ५ सय १९ आईसीयू र १ सय ४ जना भेन्टिेलेटरमा उपचाररत रहेका छन् । यस्तै, गण्डकी प्रदेशमा ६५ जना आईसीयू र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र १७ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा आठ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

केही दिनयता कोरोना संक्रमित मृत्युदर बढेको पाइएको छ । आइतबार ५९ दिनयता सबैभन्दा उच्च संक्रमित ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । यसअघि गत २९ जेठमा ६१ संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो एक सातालाई आधार मान्दा दैनिक ३१ संक्रमितको मृत्यु हुने गरेको छ । गत सोमबारदेखि आइतबारसम्म २ सय १८ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार २३, मंगलबार २४, बुधबार ३५, बिहीबार ३७ संक्रमितको मृत्यु भएको छ ।

यस्तै, शुक्रबार २५ र शनिबार १९ संक्रमितको मृत्यु भएको तथ्याकंले देखाउँछ । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ३८ बजे

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको