२५ चैत्र २०८२, बुधबार | April 8, 2026

च्यासलमा एमाले स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ।

आजै दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम उपस्थित भएका छन् । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु भने विगतमा जस्तै अनुपस्थित नै भएका छन् ।

एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । सो महाधिवेशनमा राखिने विधानको मस्यौदा तयार गर्न आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

पार्टीभित्र चरम विवादको अवस्थामा रहेको एमालेमा नेपाल पक्षले पार्टी एकताका लागि सबै भेला बैठक रोकेर सम्मानजनक सहमति कायम गरिनुपर्ने माग राख्दै आएको छ । सो पक्षले आफ्ना समानान्तर गतिविधि भने जारी नै राखेको छ । तर, संस्थापन पक्षले भने पार्टीको संगठनात्मक गतिविधि नरोकिने भन्दै निरन्तर बैठक भेला र महाधिवेशनकै घोषणा गरिसकेको छ । पार्टी एकताको नामममा अल्मलिन नसकिने पार्टीमा फर्किनेहरुलाई जहिले पनि स्वागत गरिने संस्थापन पक्षले बताउँदै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १ : २५ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री