१७ बैशाख २०८१, सोमबार | April 29, 2024

च्यासलमा एमाले स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ।

आजै दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम उपस्थित भएका छन् । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु भने विगतमा जस्तै अनुपस्थित नै भएका छन् ।

एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । सो महाधिवेशनमा राखिने विधानको मस्यौदा तयार गर्न आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

पार्टीभित्र चरम विवादको अवस्थामा रहेको एमालेमा नेपाल पक्षले पार्टी एकताका लागि सबै भेला बैठक रोकेर सम्मानजनक सहमति कायम गरिनुपर्ने माग राख्दै आएको छ । सो पक्षले आफ्ना समानान्तर गतिविधि भने जारी नै राखेको छ । तर, संस्थापन पक्षले भने पार्टीको संगठनात्मक गतिविधि नरोकिने भन्दै निरन्तर बैठक भेला र महाधिवेशनकै घोषणा गरिसकेको छ । पार्टी एकताको नामममा अल्मलिन नसकिने पार्टीमा फर्किनेहरुलाई जहिले पनि स्वागत गरिने संस्थापन पक्षले बताउँदै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १ : २५ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा