२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एमाले केन्द्रीय कमिटी बैठक शुरु, नेपाल पक्ष अनुपस्थित



काठमाडौं । एमालेको नेपाल पक्षदे बैठक स्थगनको माग गरेपनि त्यसलाई बेवास्ता गर्दै नेकपा एमालेको ११ औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा पार्टीको ११ औ बैठक सुरु भएको हो। नेपाल पक्षको मागलाई सम्बोधन गर्दै एमालदे अध्यक्ष ओलीले १ दिनका लागि बैठक स्थगित गरेर आजका लागि सारेका थिए ।

असन्तुष्ट नेपाल पक्षको मागका लागि भन्दै बैठक १ दिन पछि सारिएपनि नेपाल पक्षका नेताहरु भने बैठकमा सहभागी छैनन्। बैठकले आजै बसेको स्थायी कमिटी बैठकबाट पारित पार्टीको विधान संशोधन प्रस्तावलाई अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

नेपाल पक्षले भने बैठक सहित पार्टी सदस्यता वितरण, तल्ला निकायका अधिवेशनहरु स्थगित नगरिए पार्टी विभाजनतर्फ जाने चेतावनी दिँदै आएको छ । नेपाल पक्षको मागलाई बेवास्ता गर्दै ओली पक्षले भने एमालेले विधान महाधिवेशनसहितका काम तीव्र गतिमा अघि बढाएको छ।

स्थायी कमिटीले आज पारित गरेको संशोधित बिधान अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। यस प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ।

स्थायी कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरेको छ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : २० बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।