२० असार २०८३, शनिबार | July 4, 2026

एमाले केन्द्रीय कमिटी बैठक शुरु, नेपाल पक्ष अनुपस्थित



काठमाडौं । एमालेको नेपाल पक्षदे बैठक स्थगनको माग गरेपनि त्यसलाई बेवास्ता गर्दै नेकपा एमालेको ११ औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा पार्टीको ११ औ बैठक सुरु भएको हो। नेपाल पक्षको मागलाई सम्बोधन गर्दै एमालदे अध्यक्ष ओलीले १ दिनका लागि बैठक स्थगित गरेर आजका लागि सारेका थिए ।

असन्तुष्ट नेपाल पक्षको मागका लागि भन्दै बैठक १ दिन पछि सारिएपनि नेपाल पक्षका नेताहरु भने बैठकमा सहभागी छैनन्। बैठकले आजै बसेको स्थायी कमिटी बैठकबाट पारित पार्टीको विधान संशोधन प्रस्तावलाई अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

नेपाल पक्षले भने बैठक सहित पार्टी सदस्यता वितरण, तल्ला निकायका अधिवेशनहरु स्थगित नगरिए पार्टी विभाजनतर्फ जाने चेतावनी दिँदै आएको छ । नेपाल पक्षको मागलाई बेवास्ता गर्दै ओली पक्षले भने एमालेले विधान महाधिवेशनसहितका काम तीव्र गतिमा अघि बढाएको छ।

स्थायी कमिटीले आज पारित गरेको संशोधित बिधान अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। यस प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ।

स्थायी कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरेको छ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : २० बजे

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको