२७ असार २०८२, शुक्रबार | July 11, 2025

मोटरसाइलकको ठक्करबाट प्रहरी इन्स्पेक्टरको मृत्यु



बुटवल । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

सोमबार बेलुकी नवलपरासीको बर्दघाटमा मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पैदल हिडिरहेका इन्स्पेक्टर वाग्लेलाई सोमबार बेलुकी ८ बजे लु १४  प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई तत्कालै भैरहवा मेडिकल कलेज लगिएको थियो ।

उनको उपचारका क्रममा गएराति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको बसुन्धाराका बासिन्दा इन्स्पेक्टर वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।

उनलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ५० बजे

मैथिल समाज रुपन्देहीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल । मैथिल समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माध्यमिक

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो

काठमाडौं महानगरको बजेट आइतबार आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

माओवादी आन्दोलन बारे डा. बाबुरामका ६ प्रश्न ६ जवाफ

काठमाडौं । माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका