३ पुस २०८२, बिहिबार | December 19, 2025

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना



काठमाडौं । मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १ प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने र नदीमा उच्च बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ३५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको