२३ माघ २०८२, शुक्रबार | February 6, 2026

संसदमा देउवालाई ओलीको प्रश्न : तपाईंसँग १६५ सांसदको जत्था छ, एमसीसी के गर्नुहुन्छ ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा विपक्षी दलको नेताको हैसियतबाट पहिलोपटक सम्बोधन गरेका छन् ।

एमाले संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सत्तारुढ दलहरुमाथि तिब्र आलोचना गरेका छन् ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन ९एमसीसी० बारे प्रश्न तेर्स्याएका छन् । सत्तारुढ गठबन्धनले जारी गरेको साझा न्यूनतम कार्यक्रममा एमसीसी समावेश नभएकोमा ओलीले देउवालाई प्रश्न गरेका हुन् । ओलीले एमसीसी अब के हुन्छ भनेर प्रश्न गरे । ओलीले भने, ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा साना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकार हुँदा एमसीसी गर्नुभएको थियो । साझा न्यूनतम कार्यक्रममा एमसीसी बिर्सिनुभयो क्या हो ।ु उनले प्रश्न गरे, ुखै मैले त देखिनँ । छैन कहीँ ।’

प्रधानमन्त्री हुँदा जस्ताको तस्तै एमसीसी तत्कालै पास गर्नुपर्छ भनेर सभामुखलाई समेत दबाब दिएका ओली प्रतिपक्षमा पुगेपछि अहिले भने संशोधनसहित पारित गर्नुपर्ने लाईनमा देखिएका छन् । एमसीसी विरुद्धको जनमत बटुल्न ओलीले अहिले त्यो विषयलाई सत्तापक्षको उछित्त्तो काढ्ने गतिलो मसला पाएका छन् ।,

ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवालाई सोधे, ‘तपाईंको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे के गर्नुहुन्छ ? चुप लागेर हुन्छ ? एमसीसी पास गर्न १३६ सांसदको भोट चाहिने तर देउवाको समर्थनमा १६५ सांसदको जत्था हुँदा पनि एमसीसीबारे कुनै निर्णय गर्न नसक्नु लज्जास्पद हुने ओलीको तर्क थियो । उनले भने ुतपाईं त बहुत मजबुद प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट तपाईंको साथमा छ । तपाईंको पछाडि छ । स्ट्रोङ, कसैको साथ चाहिँदैन तपाईंलाई । कसैको मद्दत चाहिँदैन तपाईंलाई । त्यो १६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने ?’

ओलीले सम्बोधनका क्रममा आफुलाई अदालतको परमादेशबाट हटाइएको दाबी गर्दै असाधारण जनमतका साथ फेरि सत्तामा आउने दाबी गरे । ओलीले अहिले सत्ताक्ष र प्रतिपक्षबीच संवादहिनताको स्थिति रहेको बताए । उनले भने, ‘ुआज सत्तापक्ष र प्रतिपक्षको संवादहिनताको स्थिति छ,ु ओलीले भने । उनले सत्तापक्षका नेताहरूले प्रतिपक्षलाई ठेगान लगाइदिन्छौं भनेर धम्की दिइरहेका छन् ।’

पूर्वप्रधानमन्त्री ओलीले विगतमा आफ्नो नेतृत्वको सरकाले गरेका राम्रा कामलाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गरे । आफ्नो पालामा देशले निकै उपलब्धी र उन्नती हासिल गरेको दाबी गर्दै ओलीले ती उपलब्धीहरुलाई संरक्षण गर्नुपर्ने धारणा राखे । अघिल्लो सरकारले गरेका राजनीतिक उपलब्धी कार्यान्वयन गर्न पनि उनले सुझाव दिए ।

 

 

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : १४ बजे

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ

आजको मौसम : तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौं । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय