१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी रिसोर्टमा विपक्षी दलका छुट्टाछुट्टै संसदीयदल बैठक, विशेष अधिवेशन प्रक्रिया नरोकिने निस्कर्ष



बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेशसभामा विपक्षी गठबन्धनका दलहरुको बैठक बसेको छ ।

लुम्बिनीस्थित लुम्बिनी गार्डेन रिसोर्टमा गठबन्धनका दलहरुको संसदीय दलको छुट्टाछुट्टै बैठक बसेको हो ।

आजै १ बजेबाट सुरु हुने प्रदेशसभाको विशेष अधिवेशनमा दलको भुमिकाका विषयमा छलफल गर्न विपक्षी दलहरुले आआफ्ना संसदीयदलको बैठक गरेका हुन् ।

२ दिनमा २ वटा रिसोर्टमा बसेका विपक्षी ४१ जना सांसदहरु बैठक पश्चात सिधै प्रदेशसभामा उपस्थित हुने तयारी गरिएको नेपाली कांग्रेस प्रदेश संसदीयदलका प्रमुख सचेतक फकरुद्दीन खानले बताए । खानले सत्तापक्षबाट बहिस्कार गरे पनि प्रदेशसभाको प्रक्रिया नरोकिने जनाउँदै सकेसम्म आजै मतदान प्रक्रियामा लैजाने बताए ।

यस्तै माओवादी केन्द्रकी सांसद दामा शर्माले पनि कोहि अनुपस्थित हुँदैमा विषेश अधिवेशन नरोकिने बताईन् । विशेष अधिवेशनको अर्थ निर्वाचन वा मतदान भएको स्पष्ट पार्दै सांसद शर्माले सत्तापक्ष आएपनि नआएपनि प्रक्रिया नरोकिने स्पष्ट पारिन । ‘विशेष भनेको विशेष नै हो, यो अगाडि बढ्छ रोकिँदैन’, उनले भनिन् ।

मुख्यमन्त्रीको राजीनामा आएको अवस्थामा बाहेक आजै नयाँ सरकार गठन हुने सांसद शर्माले दाबी गरिन् । ‘मुख्यमन्त्रीले राजीनामा दिनुभए अर्को प्रक्रिया सुरु होला, अन्यथा आजै मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नियुक्ति हुन्छ’, शर्माले भनिन ।

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : १५ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना